सडकमा स १ त ५५६४ नम्बरको टरयाक्टर रोकिराखेको थियो ।

हाम्रो जनकपुर / सिरहा । सिरहामा अहिले भर्खरै मोटरसाईकल दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यू भएको छ भने २ जना घाईते भएका छन् ।

बेलुकी ८ः३० बजेतर्फ सिरहाको नरहा गाउँपालिका वडा नं. ५ बलबा टोल नजिकै चोहरबादेखि सिरहा जाने बाटोमा मोटरसाईकल दुर्घटना भएको हो । २२० सिसि पल्सर अनटेस्ट मोटरसाईकलमा सवार ३ जनामध्ये एक जनाको घटनास्थलमै मृत्यू भएको हो । सोही मोटरसाईकलमा बसेका अन्य २ जनाको अवस्था भने गम्भिर रहेको छ । मृतक र घाईतेहरुको नाम भने खुल्न सकेको छैनन् ।

घाईतेहरुलाई नजिकको अस्पतालमा उपचारको लागि पठाइएको हो । सडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तीव ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

सडकमा स १ त ५५६४ नम्बरको टरयाक्टर रोकिराखेको थियो ।

घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय