धर्मेन्द्र प्रसाद यादव
हाम्रो जनकपुर /पर्सा । पर्साको छिपहरमाई गाउँपालिका वार्ड न २ सानो टिहुकिमा अबैध रुपमा गाँजा ओसार पसार गर्ने एक ब्यकत्ती प्रहरीको फनदामा पररेका छन् । छिपहरमाई गाउँपालिका वार्ड न २ सानो टिहुकि बस्ने रामचन्द्र महतो केवट को छोरा वर्ष ३८ को गोकुल महतो केवट र मथुरा महतो केवट को छोरा वर्ष १९ को सुजित महतो केवट प्रहरीको फन्दामा परेका हुन् ।उनिहरु गाँजा बोकी BR 22A-00413 नंबर को बाइकमा ठूलो टिहुकि बाट गाँजा बोकी सानो टिहुकि तर्फ आउदै गरेको सूचना पाउन साथ टिहुकि प्रहरीले मोटरसाइकल रोक्न खोज्दा लिएर आफ्नो घर भागेको प्रहरीले जनाएको छ । स्थानिय जन प्रतिनिधि को सहयोगमा प्रहरीले घर मा छापा मार्दा ५ किलो गाँजा फेला परेको र गाँजा सहित दुबै जना लाई इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको प्रहरी चौकी टिहुकिका इन्चार्ज प्रसनि पवन झाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय