हाम्रो जनकपुर / जनकपुरधाम । धनुषा प्रहरीले करिव सावा पाँच लाखको अबैध सरसमान पक्राउ गरेको छ ।

विहिवार जिल्ला प्रहरी कार्यालयवाट सादा पोशाकमा खटेको टोलीले धनुषाको नगराईन नगरपालिका–९ स्थित नेपालवाट भारत तर्फ अबैध रुपमा लैजाँदै गरेको सो परिमाणको सरसमानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियन्त्रणमा लिइएको सरसमानहरुमा हरियो मटर २१ बोरा, सोफी नामक मदिरा ५४ कार्टुन, मोटरसाइकल ४ थान सहित अतिरिक्त सरसमानहरुका साथै चारजनालाई समेत पक्राउ गरि आज भन्सार कार्यालय जनकपुरमा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय