चिकित्सककै लापरबाहीले डेढ महिने शिशुको मृत्यु भएको परिवारजनको आरोप, उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै प्रहरीमा निवेदन (फोटोसहित)

हाम्रो जनकपुर / जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ८ मा रहेको जनकपुर श्री राम हस्पिटल प्रा.लिमा उपचारका लागि ल्याईएका एक डेढ महिनाका शिशुलाई औषधीको ओभर डोज दिएकै कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।जनकपुरधाममा चिकित्सकको लापरवाहीका कारण लगातार दुई जना बिरामीको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरी पनि चिकित्सककै लापरबाहीले एक अवोध शिशुको ज्यान गएको घटना सार्वजनिक भएको छ ।मिथिला विहारी नगरपालिका वडा नम्बर ७ तारापट्टीका उस्मान नदाफका डेढ महिने छोरो फारुकले दुई तिनदिनदेखि अचानक दिशा पिसाब गर्न बन्द गरेपछि उनलाई बिहिबार बिहानै उपचारका लागि जनकपुर ल्याए ।तर जनकपुर श्री राम हस्पीटल प्रालिको गेट अगाडी पुग्ने बित्तिकै छोरो फारुकले दिसा पिसाब सबै गरे ।छोरोको सामान्य अवस्था देखेर परिवारका केही सदस्यले घर लैजान भने उस्मानको मन भने मानेन । उनी अस्पतालको गेटमै पुगिसकेकाले एक चोटी डाक्टरसँग सल्लाह गरि घर फर्किने निर्णय गरे र छोरोलाई लिएर अस्पताल छिरे ।अस्पतालमा डाक्टर कामेन्द्र यादवले शिशुको अवस्था सामान्य रहे पनि १ दिन चिकित्सकको निगरानीमा राख्न सुझाव दिए र त्यही अनुरुप उस्मानले बच्चालाई ईमरजेन्सीमै भर्ना गरे ।‘दिनभर एकदम सामान्य रहेको छोरोलाई राति अचानक स्वासप्रश्वासमा समस्या आयो ।’ उस्मानले भने ‘त्यसपछि हामीले चिकित्सकलाई बोलायौँ उनीहरुले औषधी लेखेको र त्यहीँ अनुसार बाबुलाई नर्सहरुले नाकमा ड्रप हालिन् र पानीको स्लाईनमा औषधी राखेर पानी पनि चढाईन्, तापनि उनको अवस्था सुधार भएन, बाबुको अवस्था झन् झन् बिग्रिदै गयो ।’आफुहरुले यहाँ ठिक नभए डिस्चार्ज गरिदिनु हामी अर्कै हस्पीटल लग्छौँ भनेपनि चिकित्सकहरुले बालक यहीँ ठिक भईहाल्ने बताएको मृतक शिशुकी आमा जयमन खातुनले आसुँ झार्दै भनिन् ‘बच्चा ठिक थिएन भने रिफर गरिदिनुपथ्र्यो, पैसाको लोभमा न रिफर गरे न त उपचार नै औषधीको ओभर डोज दिएर मेरो बच्चालाई मारिदिए ।’यता बिहानसम्म सामान्य रहेको शिशुको मृत्यु भएपछि आक्रोशित परिवारजनले उपचारमा संलग्न चिकित्सकलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।चिकित्सककै लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै अस्पताल प्रशासन र शिशुको उपचारमा खटिएका डा.कामेन्द्र यादव र अस्पताल विरुद्ध मृतक बालकका फुपुका भाई भुल्ला नदाफले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका छन् ।आफुले छोरा गुमाएजस्तै अरुले नगुमाउनु परोस् भन्दै ज्यानमारा अस्पताल बन्द गर्नुपर्ने र उपचारको नाममा लापरबाही गर्ने चिकित्सकमाथि कारबाही हुनुपर्ने बालकका बुवा उस्मान नदाफले माग गरे ।
घरमा छोरो नर्मल थियो, अस्पताल पुग्दा गुमाएउस्मान नदाफ र जयमन खातुनको ४ जना छोरी मात्रै थिइन् । छोरो पाउनका लागि ती दम्पत्तिले कयौ चिकित्सक कहाँ पुगेका थिए ।कहाँ कहाँ गएर पटक पटक दरगाह गएर भाकल गरि, हकिम वैद्य समक्ष पुगेर बाबुलाई मागेका थियौँ ।’ भावुक हुँदै उस्मानले भने ‘ज्यानमारा डाक्टरले छिनमै हाम्रा भविष्य खोसेर लगे ।’यता अस्पताल प्रशासनका प्रमुख अमित कुमारले चिकित्सकको लापरबाही नभई आमाको जिद्दीका कारण बालकको मृत्यु भएको दावी गरेका छन् ।शिशुलाई उपचारका लागि भर्ना गरे लगत्तै चिकित्सकहरुले ती बालकको नाकमा राख्नका लागि नोजल ड्रप र प्रिनाकोटको सय एमजी मध्ये १५ एमजी दिनका लागि भनेपनि शिशुको अवस्थामा तत्काल सुधार नआएपछि जयमन आफैँले डोजभन्दा बढी थप दुई बुन्द शिशुको नाकमा हालेकी थिईन् ।’ उनले भने ‘चिकित्सकले सक्सन अर्थात श्वास नलिलाई सफा गर्न बाँकी नै रहेको बेला बच्चालाई दूध खुवाएको, दूध पच्न नसकेकै कारण बच्चा सर्केको जसकारण उनको तत्कालै मृत्यु भएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय