हाम्रो जनकपुर / जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ को मिथिला नगरपालिकाको विभिन्न योजना, आयोजना र विकास निर्माणहरुको स्थलगत निरिक्षण अवलोकन गर्ने क्रममा मिथिला नगरपालिका वडा नं. ७ पोखरीया दमार स्थित मिथिला सागरको बिचमा बनाइएको आकर्षक पोखरिया शिव मन्दिरको समुदघाटन गर्दै पुर्व भौतीक पुर्वाधार यातायात मन्त्री समेत रहेका महासेठले भने, ‘सत प्रतिशत नै गर्छु भन्ने कुरा भन्नु गलत होला तर म चुनावमा गरेका बाचा अनुसार ८० प्रतिशत काम वाँकी रहेका अढाई वर्षमा पुरा गरेर देखाउछु ।

नेकपाका स्थाई किमिटि सदस्य तथा प्रतिनिधीसभा सांसद रघुविर महासेठले आफुले चुनावमा गरेको बाचा अनुसारको ८० प्रतिशत काम सम्पन्न गरेर अर्को चुनावमा मत माग्न आउन बताएका छन् ।

पोखरीया दमारमा मिथिला नगरपालिकाले गरेको काम र मिथिला सागरको सौन्दर्यकरण तथा शिव मन्दिरको निर्माणले पर्यटकीय स्थलको रुपमा विकास हुनेमा कुनै शंका नरहेको भन्दै पुर्व मन्त्री महासेठले नगरपालिका र मेयर हरिनारायण महतोको प्रशंसा गरेका छन् । मिथिला सागर हेर्न र घुम्न अव कहाँ कहाँवाट पर्यटकहरु आउँछ, महासेठले भने, ‘यो ठाँउको प्रचार प्रसार हुन सके नगरपालिकाको विकासमा चार चाँद लाग्ने छ ।’

त्यहाँ उपस्थित नेता कार्यक्रता तथा सर्वसधारणलाई सम्बोधन गर्दै पुर्व मन्त्री महासेठ मिथिला नगरपालिकाको रिंगरोड, तथा राजमार्गका सडकहरु, पुलपुलेसो सहित साना ठुला गरि दर्जनौ महत्वकांक्षी सडक आयोजनाको काम आफुले पाँच वर्षमै गरेर देखाएको र वाँकी रहेको काम पनि समपन्न हुने बताए ।

त्यस पछि नगरपालिकाकै वडा नं. ११ तल्लो तुलसी स्थित निर्माण भएको २० लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको समुदघाटन देखि लालगढको अस्पताल छेउमै निर्माणाधिन शिव मन्दिर, राधेकृष्ण मन्दिरको दर्शन अवलोकन गर्दै माथिल्लो तुलसीको लोटामा निर्माणाधिन मन्दिर, गुम्वा र सामुदायिक भवनहरुको अवलोकन गर्दै सांसद महासेठले सम्झौता अनुसारको काम समयमै गर्न आग्रह गरे ।

अवलोकनका क्रममा मिथिला नगरपालिकाका मेयर महतो, नेकपाका धनुषा अध्यक्ष राजकिशो यादव, पुर्व जिविस समापति रामचरित्र साह सहित मिथिला नगरपालिकाकाका वडा अध्यक्षहरु, सोम शर्मा, डा. संजीव यादव, भो्ला यादव लगायतका नेता कार्यक्रताहरुको सहभागिता थियो । त्यसपछि लोटा स्थित श्री कल्पेश्वर महादेव मन्दिरमा दर्शन गरि स्थानिय नेता कार्यक्रताहरुसंग समाजिक दुरी सहितको भेटघाट र चियापान पछि उनी आजै काठमाण्डौ फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय