हाम्रो जनकपुर / रौतहट ‍- कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका विजय रामको मृत्यु भए पछि रौतहटको गरुडामा शुरु भएको विरोध प्रर्दशनको क्रममा आज (बिहिबार) झडपमा परिणत हुँदा स्थिती तनावपूर्ण बनेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडा अगाडी भएको झाडपमा ६ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरी बिच भएको झडपमा दुवै तर्फका व्यक्तीहरु घाइते भएका हुन ।

प्रदर्शन उग्र भएर ढुङ्गामुढा भए पछि प्रहरीले लाठी चार्ज गर्नुको साथै ६ राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।

झडपमा परी चार प्रहरी र दुई स्थानिय महिला घाइते भएका छन । उनीहरुको गरुडामा रहेको स्थानीय क्लीनिकमा उपचार भइरहेको र अहिले अवश्था सामान्य भएको डिएसपी श्रेष्ठले बताए ।

गरुडा हत्याकाण्ड प्रकरणमा आजै प्रहरी उपरिक्षक रविराज खडका हेडक्वार्टर तानिएका छन । उनको ठाँउमा प्रहरी प्रधान कार्यालयले उपरिक्षक सिद्धि विक्रम साहलाइ रौतहटमा काज सरुवा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय