हाम्रो जनकपुर / जनकपुरधाम : धनुषाकी एक महिलाले चार बच्चाको जन्म दिएकी छन् । धनुषा जिल्लाकाे विदेह नगरपालिका वडा नम्बर ७ जोगियारा घर भएकी अमिरुल खातुनले चार बच्चाको जन्म दिएकी हुन् ।

खातुनलाई ब्याथा लागेपछि जनकपुरस्थित काब्या हस्पिटलमा भर्ना भएकी थिइन् । उनले अस्पतालमै ३ छोरी र एक छोराको जन्म दिएको जानकारी प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकले बताएका छन् ।

चार बच्चाको जन्म दिएपछि डाक्टर नै चकित भएका छन् । यसबारे थप विवरण आउँन बाँकी छ ।

पर्साको वीरगन्जमा पनि एक महिलाले एकवर्ष अगाडी चार शिशुको जन्म दिएकी थिइन् । छिपहरमाइ गाउँपालिका वडा नम्बर ४ जयमंगलापुरकी सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोराको जन्माएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय