ठोक्किएका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको इलाका प्रहरी सबैलाले जनाएको छ ।

हाम्रो जनकपुर / जनकपुरधाम । धनुषामा दुई मोटरसाईकल एक आपसमा जुध्दा दुई जना गम्भिर घाईते भएका छन् ।

धनुषाको सबैला नगरपालिका वडा नं. १३ किरतपुर स्थित दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई किशोर घाईते भएका हुन् । हुलाकी राजमार्ग हुदै सबैलातर्फ जाँदै गरेको बा २८ प ८७५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज. २ प. ९०२७ नम्बरको मोटरसाइकल ठोक्किदा २ जना घाईते भएका छन् ।

आज (मँगलबार) बेलुकी करिब ८ बजेको समयमा भएको सो दुर्घटनामा परी सबैला नगरपालिका वडा नं. १२ बरकुरवा बस्ने सलाम मियाँको छोरा बर्ष १८ को अनबर मियाँ र सबैला नगरपालिका १३ किरतपुरका अन्दाजी बर्ष २१ का वर्षीय प्रेम महतो रहेको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक राम कुमार यादवका अनुसार दुवै जनाको अवस्था गम्भिर जस्तै रहेको तथा उनीहरुको उपचारको लागि जनकपुरको गोदाबरी अस्पतालमा लगिएको जनाए ।

ठोक्किएका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको इलाका प्रहरी सबैलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय