हाम्रो जनकपुर / रौतहट । रौतहट प्रहरीको यातनाबाट केहि दिन अगाडी १९ वर्षिय विजय महराको मृत्यु भए पछि मंगलवार गृह मन्त्रालयले तीन जना प्रहरीलाई निलम्बन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक जना प्रहरी निरिक्षक र प्रदेश २ प्रहरी कार्यालयबाट दुई जना प्रहरी हवल्दारलाई गृहमन्त्रालयको सचिब स्तरिय निर्णयबाट निलम्बन गरेको हो । श्रावण ३१ गते राती गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया निवासी २० वर्षिय निरंजन रामलाई घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका बिजय महरालाई तीनै जना प्रहरीले यातना दिएको आरोपमा गृहमन्त्रालयले निलम्बन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी प्रमुख रविराज खड्काका अनुसार महरालाई हिरासतमा सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालयमा रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्ना कुमार सिंह रहेका छन् ।

प्रहरी निरिक्षक सिंहलाई प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुँन्जेल सम्मको लागि निलम्वन गरि दिन लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई गृह मन्त्रालयको भदौ १५ गतेको सचिव स्तर निर्णयानुसार निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय मियाँ धुनिया र सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको भदौ १५ पत्रबाट ६ महिनाको लागि निलम्बन गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय