मेलालाई सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहले आफैै नीरिक्षण पनि गरेका छन् ।

हाम्रो जनकपुर , जनकपुरधाम । प्रत्येक वर्ष धनुषाको सतोषरमा लाग्दै आएको बोलबम मेलालाई कोरोनाकालमा पनि निरन्तरता दिएको देखिएको छ ।

विश्व अहिले कोरोनाको डरत्रले आक्रान्त रहेको बेला सतोषरमा बोलबम मेला विधिवत रुपमा लगाइएको हो । यसअघि सतोषरको लागि जल भर्ने बरमझियामा समेत स्थानीय तहले मेला नभर्ने र लाग्ने जानकारी गराएपनि श्रद्धालुहरुले आस्थाको अगाडी कोरोनालाई मानेका छैनन् ।

गाणेशमान चारनाथ नगरपालिकाले यसपाली कोरोनाका कारण प्रत्येक वर्ष लाग्दै आएको बोलबम मेला नलाग्ने भनेर सूचना प्रकाशित गरेपछि श्रद्धालुहरुले मानेका छैनन् । हजारौं हजारको सँख्यमा जल चढाउन सतोषर पुग्ने श्रद्धालुहरुको सँख्यामा यसपाली निकै कमी भएपनि बोलबम मेलालाई भने निरन्तरता दिइएको छ ।

मेलालाई सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहले आफैै नीरिक्षण पनि गरेका छन् । स्थानीय प्रशासनले भीडभाड गर्न नदिन कुनै प्रकारको मेला नलगाउन आग्रह गरेपनि मेयर साहले लागेको मेलालाई स्वयंम नीरिक्षण नै गर्न पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय