हाम्रो जनकपुर / जनकपुरधाम । जिल्ला युवा सञ्जाल धनुषाको अगुवाईमा तथा नेपाल मेडीकल एसोसिएशन जनकपुरधाम र ओरेक नेपालको संयुक्त आयोजनामा समस्या परेका सेवाग्राहीलाई घरमै बसी फोनको माध्यम ले निशुल्क चिकित्सकिय परामर्श सेवा शुचारु भएको सञ्जालका अध्यक्ष धीरज साहले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ( कोभिड १९) का कारण यतिबेला जनकपुर सहित देशका विभिन्न ठूला सहरमा सरकारले लकडाउन घोषणा गरेका छन् । तर, अब लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले आवस्यक परे चिकित्सकीय परामर्श घरमै बसी लिन सक्ने भएको छ ।

उनको अनुसार सुगर, प्रेसर , सुतकेरी ,गर्भबती , बाल बालीका , मनो परामर्श , दात, कान , नाक , आंखा , हाड , छाला तथा अन्य रोग सम्बन्धि केही समस्या आई परेमा आ-आफ्नो आवश्यक्ता अनुसार सार्वजनिक गरिएको मोबाइल नम्बरमा सम्पर्क गरी घरबाट नै निशुल्क चिकित्सकीय परामर्श लिन सकिन्छ ।

A विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने व्यवस्था रहेको अध्यक्ष साहको भनाइ छ ।

कोरोना भाइरसबाट उत्पन्न त्रास र लकडाउनको अवस्थामा अस्पताल जान नसकेका चिकित्सकसँग परामर्श र उपचार सेवा नराम्ररी प्रभावित हुँदा यस्तो व्यवस्था ल्याएको साहले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय