हाम्रो जनकपुर / जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-१ ठाढीस्थित सडक खण्डमा दुई जना व्यक्ति शंकास्पद रुपमा हिँड्डुल गरिरहेको अबस्थामा शंकाको आधारमा सोधपुछ गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषाको कमला नगरपालिका-३ का २० वर्षीय गोविन्द मण्डल र सोही ठाउँ बस्ने २० वर्षीय कृष्णकुमार साह छन् ।

मण्डलले दाहिने हातमा बोकी ल्याएको कालो प्लास्टिकको झोला चेकजाँच गर्दा उक्त झोलामा नाइट्रोभेट–१० लेखिएको ३० पिसको दरले ३० पत्तामा जम्मा ९ सय पिस प्रतिबन्धित लागुऔषध ट्याबलेट र उनको साथि कृष्णको दाहिने खल्तिबाट मोबाइल एक थान फेला परेको प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय