- नितेश यादब
कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा हिजो विहीबार साझ १९:३० बजे मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेल बताएका छन।
गत भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठान ले बताएका छन।
उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो ।
मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको र शुक्रबार नेपाली सेनाको टोली ले सिरहा ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले बताएका छन् ।