हाम्रो जनकपुर / महेन्द्रनगर ।धनुषा जिल्लाकाे महेन्द्रनगर स्थित रहेको महालक्ष्मी सहकारी संस्थाकी पुर्व अध्यक्ष नम्रता खातीर सदस्यलाई कार्यालय भित्रै राखेर थुनेपछि बाहिरबाट ताल्चा लगाईएको थियो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर स्थित रहेको महालक्ष्मी सहकारी संस्थाले विगत कयौं दिन देखि नै ग्राहकको पैसा डुवाउन खोजिरहेको भन्दै ग्रााहकहरुले कार्यालय घेराउ गर्दै मेन ढोकामा ताल्चा लगाएको छ ।

विगतको दिनमा पनि ग्राहकको पैसा भुक्तानी दिने भनी २०७६ असार महिनाको निर्णय अनुसार ग्राहकको पैसा मंसिर मसान्त सम्म हरहिसाव मिलान गरि प्रत्येक महिना २० लाखको दरले ग्राहकको पैसा भुक्तानी गर्ने छु भन्दै भनिरहेको थिए ग्राहक प्रतिनिधि र बैंकको पदाधिकारी विच समझौता भएको थियो तर आज सम्म ग्राहकको रुपैया फिर्ता गर्न नसकेपछि आक्रोषित ग्राहकहरु पूर्व अध्यक्ष खाती र उपाध्यक्ष संजय ठाकुरलाई कार्यालय भित्रै थुनी तल्चा लगाइएको छ ।

विगत करिब १८ साल देखि धनुषा महेन्द्रनगर स्थित स्थापना भई सुरुवाती अवस्थामा राम्रो छवी बनाई संचालन हुँदै आएको यी सहकारी संस्था यता आई संचालक समितिको लपरवाहीका कारण यस्तो अवस्थामा पुगेको ग्राहकहरुको भनाई रहेको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर लगायत क्षेत्रका करिब १ हजार शेयर सदस्य रहेको महालक्ष्मी सहकारी संस्थाको अध्यक्ष खाती, उपाध्यक्ष संजय ठाकुर, सचिव मुकेश थापा, सदस्य हरि कटुवाल लगायतका व्यक्तिहरु संचालक समितिमा रहेको विरेन्द्र मण्डलले जनकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय