हाम्रो जनकपुर / महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मनराकट्टीबाट संयुक्त गस्तीमा खटिएको टोलीले मनरा सिस्वा नगरपालिका– १ मा बाट ठूलो मात्रामा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार ज.७प ४३५६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ठूलो मात्रा लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको व्यक्तिहरूसँग सोधपुछ गर्दा उनीहरूले लागुऔषध उपलब्ध गराउने अर्का एकजनाको नामसमेत लिएपछि उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरू सम्सी गाउँपालिका– ५ पोखरभिण्डाका अनिल महतो, सोही ठाउँका अजयकुमार महतो र वीरेन्द्र यादव छन् । उनीहरूको साथबाट एक्सिप्लोन सिरप सय एमएलको दुई सय बोतल, नाइट्राभेट १० लेखिएको ट्याब्लेट ६ सय पिस बरामद गरेको छ ।

डिएसपी विष्टले महोत्तरीको सीमाक्षेत्रमा लकडाउन अवधिमा लागुऔषध तस्करहरू बढी सक्रिय देखिएकोले प्रहरीले सोहीअनुरूप चेकजाँच बढाएको र त्यसको परिणामसमेत देखिन थालिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय