हाम्रो जनकपुर / बर्दिबास ः जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले ‘बालउद्यान निर्माणमा रु.१ सहयोग गरौं’ भन्ने अभियान संचालन गरेको छ । सञ्जालले ‘मुठ्ठीदान’ अभियान संचालन गरेर महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान निर्माण गरिरहेको छ ।

सञ्जललाई निर्माणमा आर्थिक अभाव भएको छ । करोना भाइरस फैलिन थालेपछि फेरी बन्दाबन्दीको अवस्था छ । सञ्जालले आर्थिक अभाव टार्न र बालउद्यानको निर्माण कार्य पुरा गर्न खल्ती र ईसेवा मार्फत मुठ्ठीदान अभियान संचालन गरेको हो ।

५० लाखको लागतमा निर्माण भइरहेको बालउद्यानको ६० प्रतिशत काम पुरा भएको जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले जनाएका छन् । अभियानमा सबैले सहयोग गरिरहनुभएकोमा उनले खुशी व्यक्त गरेका छन् ।

युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोको पहलमा सञ्जालले विद्यालयमा बालउद्यान निर्माण गरिरहेको छ । स्थानीय पत्रकार अमृत कुमार महतो विद्यालयलाई नमूना बनाउन पहल गर्दै आएका छन् ।

निर्माणमा हालसम्म २० लाख ६४ हजार २ सय ७० रुपैंयाको खर्च भएको छ । खर्च भएको मध्य ५ लाख ७२ हजार ९ सय ५७ रुपैंया ऋण रहेको सञ्जालका कोषाध्यक्ष ज्ञानेन्द्र महतोले बताए । उनका अनुसार, १४ लाख ९१ हजार ३ सय १३ रुपैंया संकलन भएको छ । बालउद्यान निर्माण गर्न सहयोगी हातहरुले निर्माण समाग्री र नगद प्रदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय