हाम्रो जनकपुर / समय दिनको अन्दाजी ३ बजे । चर्को घाम छ, चरो–मुसो कोहि सडकमा छैन, एक दुईवटा मेडिकल भन्दा बाहेक केहि खुलेका छैनन् । प्रहरीका भ्यान र एक दुईवटा बिशेष सवारी साधन बाहेक सडक चकमन्न छ । यसै बिच माहलक्ष्मी मन्दीर, माहालक्ष्मीस्थान अगाडीको पाटीमा केहि बिचलित देखिएका ख्याउटे अनुहारहरु सानी ७–८ बर्षकी एक बालिकाको अनुहार थपथपाउदै हुन्छन् , जो भोक र प्यासले आफ्ना आमा बाकै काखमा बेहोस भएकी छिन् ।
सुन्दा कुनै चलचित्रको कथाको छायांकन स्थल जस्तै लाग्ने यो दृष्य बास्तवमै एक गरिव निमुखा परिवारले भोगेको कथा हो ।माहालक्ष्मी स्थानको मन्दीर अगाडीको पाटीमा आश्रय लिईरहेका बलराम बिष्ट, शान्ती बिष्ट लगायतकाको परिवारकोरोनाको त्रासले सबैलाई गाँजेको छ । नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन । शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुुई सय सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो ।
यो त भयो कोरोनाको त्रास र संक्रमीतको संख्या अनि संक्रमणबाट मृत्यु हुनेको संख्या । कोरोना आफैमा यति धेरै शक्तिसाली छैनकी घर भित्र सुरक्षित बस्ने, भौतिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने र सरसफाई गर्ने ब्यक्तिलाई कोरोनाले छुन सक्दैन र संक्रमण भैहालेमा पनि आईसोलेसनमा बसेर स्वस्थ खानपान र जिवनसैली अपनाएमा कोरोनाको संक्रमण जित्न सकिन्छ । तर पहिल्यै बिभिन्न समस्या भएका बिरामी, बृद्ध तथा बालबालिकालाई भने यसको संक्रमणले मृत्युको मुखमा समेत पुराउन सक्छ ।
तर कोरोनाको त्रासमा सरकारले गरेको निशेधाज्ञा कोरोना संक्रमण नियन्त्रण गर्नको लागी राम्रो रणनिती हो तर निशेधाज्ञाका कारण सर्वहारा वर्गका हातमुख जोर्ने समस्यामा राज्यको संबोधन नहुनु लज्जास्पद देखिएको छ ।
माहालक्ष्मी स्थानको मन्दीर अगाडीको पाटीमा आश्रय लिईरहेका बलराम बिष्ट, शान्ती बिष्ट लगायतकाको परिवार काम नपाएर बिचल्लीमा परेको छ । उनिहरु संगै अन्दाजी ७–८ बर्षकी एक बालिका पनि बिचल्लीको सिकार भईन, अघिल्लो दिन देखि पेटमा अन्नको दाना परेको थिएन, यसै बिच पाटीमै बसिरहेका उनिहरुको छोरी बेहोस भईन, छोरीलाई काखमा सुताउनु बाहेक उनिहरुले केहि गर्न सकेनन् ।
कालिमाटी नजिकै केहि युवाहरु ओहोर दोहोर गर्दै थिए, निरिह अनुहार तथा रित्तो नाम्लो बोकेर कसैलाई पर्खेझै गरिरहेका भरियाहरु काम नपाएपछी साँझ बिहानको हातमुख जोर्ने समस्याले उनिहरुलाई सताईरहेको छ । भरिया काम गर्दै आएका दोलखा घर भएका चन्द्र भुजेल भन्छन्, कोरोना भन्दा पैले भोकले मार्दो रहेछ, त्यसैले काम खोज्दै आको।भरिया काम गर्दै आएका दोलखा घर भएका चन्द्र भुजेलसरकारले सकेको गरेको भन्दै छ तर पर्याप्त पिसिआर परिक्षण छैन, गरिव निमुखाको लागि बिशेष कुनै योजना छैन, क्वारेन्टाईनको अवस्था दयनिय छ भन्दै नागरिक अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।यस बिषयमा सम्पर्क गर्न खोज्दा काठमाण्डौ महानगरपालिकाका मेयर तथा उपमेयर संग फोन सम्पर्क हुन सकेन त्यस्तैे ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन संग पनि सम्पर्क हुन सकेन भने उपमेयर गिता सत्यालले यस बिषयमा आफु कम जानकार भएकोले मेयर संगै कुरा गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय