हाम्रो जनकपुर / जनकपुरधाम : धनुषामा छटपटिएर फेरी एक पुरुषको मृत्यु भएको छ ।

सबैला नगरपालिका ३ स्थित बकरी बजारमा सिरहाको कर्जन्हा नगरपालिका ९ का ४० वर्षीय विगुल पासवानको मृत्यु भएको हो । मृतकको साथबाट मुटु रोग सम्बन्धी औषधी फेला परेको छ ।

मृतक पासवान धनुषाकै शहिदनगर नगरपालिकाका २ चोरा कोयलपुरस्थित ससुरालीमा बस्दै आएका थिए । मजदुरीका लागि सबैला पुगेको बेला उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकुमार यादवले मुटु रोगका कारण पासवानको मृत्यु भएको हुनसक्ने बताए । उनले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जानकारी दिए ।

मृतक पासवान मुटुको रोगी भएपनि कोरोनाका कारण उनको मृत्यु भएको हुनसक्ने सबैलाका सर्वसधारणको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय