हाम्रो जनकपुर / जनकपुरधाम, भदौ ४ गते ।
धनुषामा बजेट खर्चको आय व्यय पारदर्शीको माग गर्दै स्थानीय युवाहरुले मोटरसाइकल जुलुुुश निकालेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष लगायत वडाध्यक्षहरु विरुद्ध माँ लक्ष्मीनिया सकृय युवा सञ्जालको अगुवाइमा मोटरसाइकल जुलुश निकालिएको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले सञ्चालन गरेको विभिन्न योजनाहरुको हरहिसाव सार्वजनिक नगरेको भन्दै माँ लक्ष्मीनियाँ सक्रिय युवा सञ्जालद्वारा आज विरोध स्वरुप मोटरसाइकल र्याली निकालिएको स्थानीय युवा मुकेश यादवले जानकारी दिए ।

गाउँपालिकाले सञ्चालन गरेको विभिन्न योजनाहरु अपारदर्शी रहेको र यसमा अधिकांश रकम जनप्रतिनिहरुले भ्रष्टाचार गरेको क्लवका पदाधिकारीहरुले आरोप लगाएका छन् ।

जनप्रतिनिधिले भ्रष्टाचार बन्द गर्नुपर्ने, आय व्यय प्रस्तुत गर्नुपर्ने र एक घर एक पीसीआर टेस्ट गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । सभार टुडेपाटि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय