उनको दुर्घटना कसरी भएको बारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।

हाम्रो जनकपुर, जनकपुरधाम । धनुषा जिल्लाकाे सबैला नगरपालिका १३ मा सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । धनुषाको रघुनाथपुरमा मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको हो ।

आज (आईतबार) दिउँसो करिब २ बजेको समयमा सबैला नगरपालिका वडा नं. १३ रधुनाथपुरको कमला प्रोजेक्ट बिल्डिङग नजिकै मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको हो । सो दुर्घटनामा सबैला नपा १३ बस्ने होटल सँचालक नानी बाबु दनुवार (अधिकारी) को छोरा अन्दाजी बर्ष २५ का सुरेन्द्र दनुवार (अधिकारी) को ज्यान गएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक राम कुमार यादवले जनाएको छ । ना ४७ प २१२४ नम्बरको मोटरसाईकलमा सवार उनको दुर्घटना कसरी भएको बारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय