हाम्रो जनकपुर / जनकपुरधाम । जनकपुरको नवजीवन अस्पतालमा एक महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । जनकपुरधाम उपमहानगरपालिका १ की अन्दाजी ३५ वर्षीय रुकमणी सदाको अन्दाजी ८ बजे मृत्यु भएपछि उनको परिवारजन सहितकाले अस्पतालमा तोडफोड सुरु गरे ।

मृतक महिलाको अस्पतालमा पत्थरीको अप्रेशन गर्दा डाक्टरले लापरवाही गरेकाले उनको मृत्यु भएको आरोप पिडित पक्षको छ । महिलाको मृत्युपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड गर्न थालेपछि प्रहरी पुगेको र हस्तक्षेप गर्दा झडप भएको हो । प्रहरीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ ।

मृतक महिलाको शव अस्पतालमै छ । पीडित परिवारले डाक्टरलाई कारवाही र क्षतिपुर्ति माग गरेका छन् । समाजसेवी रोषण मण्डलले अस्पतालको चरम लापरवाहीले महिलाको ज्यान गएको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीय प्रशासनसंग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय