हाम्रो जनकपुर / जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ९ पिराडी चौकको सडकमा छटपटाइरहेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएकी महिला ८० वर्षीय बृद्धा हुन् । उनले बोल्न सक्ने अवस्था छैन । जसका कारण पहिचान खुल्न सकेनन् । विरामी परेकी उनी सडकमै छटपटाइरहेकी थिइन् । तर कसैले वास्ता गरिरहेको थिएनन् । उनको पीडाले सताएपछि प्रहरी चौकी मुजेलियाका सई मनिश श्रेष्ठ र असइ दिपेन्द्र यादवले उद्धार गरी प्रादेशक अस्पतालमा भर्ना गराए ।

पत्रकार सुरेन्द्र यादबका अनुसार ति बृद्धलाई उद्धार गर्न पहिले वडाध्यक्ष प्रमेश्वर साहलाई गुहारे गरियो । तर उनले वास्ता नगरेपछि प्रहरीद्धय श्रेष्ठ र यादब आफैंले उद्धार गरे । अहिले उनको उपचार अस्पतालमा भइरहेको छ ।

https://m.facebook.com/story.php?story_fbid=631990741029410&id=100026554692146

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय