• हाम्रो जनकपुर

जनकपुरधाम।वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका एक दर्जन युवाको समूहले गरेको आर्थिक सहयोगमा सबैला नगरपालिका –९ स्थित कुशमाहामा सर्वसाधारण र यात्रुलाई सहज रुपमा खानेपानी उपलब्ध गराउने व्यवस्था गरिएको छ ।नगर युवा सञ्जाल, सबैलाका सदस्य भरोषी रायको अगुवाइमा हालमा कतारमा रहेका युवाहरु रामचन्द्र मुखिया, सेवली मुखिया, ओमप्रकाश राय, तपेश्वर मुखिया, रामभरोसी राय, राकेश मुखिया, महेश्वर यादव, गुलाई मुखिया, रामखेलावन रबिदास, शत्रुधन मुखिया, काशिन्द्र राय र प्रेमकुमार रायले गरेको आर्थिक सहयोगमा उक्त कार्य सम्पन्न भएको हो ।रोना कहरले वैदेशिक रोजगारमा रहेका युवाहरु आफै आर्थिक संकट झेलिरहेको बेला कुशमाहा सतोषर घर भई हाल कतारमा रहेका ती युवाहरुले समाजप्रति देखाएको माया र सद्भाव कदरयोग्य छ ।कुशमाहा गाउँदेखि दक्षिण परिक्रमा सडक छेउमा निर्माणाधिन सार्वजनिक भवन अगाडि निर्माण गरिएको यो चापाकल जडान कार्य समान्य देखिए पनि व्यत्तिगत सहयोगको भावना र उनीहरुको सोच ठुलो देखिएको छ । यसले नयाँ पुस्ताका युवाहरुमा सामाजिक कार्यप्रति आकर्षण बढ्नुका साथै दायित्व बोध गराउने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय