महाेत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गाैशाला नगरपालिका वडा नम्बर ११ बटाैवा स्थित मिलन चाैकमामा बिहिबार ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाउनुभयाे । ना. २ त ७३५८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक मनाेज मंडलकाे मृत्यृ भएकाे छ । शवलाई पाेष्ट मार्टमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तैयारी भई रहेको रेग्मिले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय