सिरहा , बुधबार, जेठ ०७, २०७७

सिरहा जिल्लाको मिर्चैया नगरपालीका वडा नं. ५ का अन्दाजी ३५ वर्षिय संजिव कुमार यादवको नै दिन पछि मिर्चैया नगरपालीका वडा नं.५ इमली डाँडा भन्ने ठाउँमा कुहिएको शव फेला परेको छ ।
पारिवारिक स्रोत अनुसार संजिव वैसाख २९ गते घर वाट खाजा खाएर निस्किएको थिए त्यस लगत्तै परिवार संग सम्पर्क भएन र विगत देखी नै विभिन्न ठाउँमा खाजी गरिएको तर हिजो मात्र गोठालाहरुले शव देखे पछि प्रहरीलाई खवर गरिएको थियो ।
पारिवारिक श्रोतका अनुसार, पछिल्लो समय उनी ऋणको चापका कारण तनावमा थिए साहुहरु घरमा आएर विभिन्न किसिमको धाक धम्की देखाउने साथै लक डाउनको समस्या ले गर्दा मानसिक तनावमा रहेका थिए । केहि समय शिक्षण पेशामा समेत काम गरेका उनी पछिल्लो वर्ष कृषि क्षेत्र तिर लागेका थिए । तर, सिँचाइको कारण त्यसमा समेत अपेक्षित आम्दानी हुन नसकेर घाटा व्यहोर्नु परेपछि तनावमा परेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक का एक परिवार र दुई नावालक छोरा समेत रहेको जनाएका छन् ।

शव हिजै भेटिएपनि उठाएर ल्याउन सक्ने अवस्थामा नरहेका कारण अहिले प्रहरी चिकित्सकको टोलीसहित घटनास्थल पुगेको छ । शव परीक्षणका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानबाट चिकित्सक बोलाइएको छ । परीक्षण रिपोर्ट आएपछि मात्रै घटना बारे केहि भन्न सकिने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तु प्रसाद जैसवारले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जैसवारले हिपमत डटकमलाई जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय