भक्तपुर । कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी एकजना युवती स्टाफ नर्स भएको खुलेको छ। संक्रमित दुईजनामध्ये २५ वर्षीया युवती आरोग्य अस्पतालकी स्टाफ नर्स भएको खुलेको हो। मंगलवार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला भक्तपुरस्थित आरोग्य अस्पतालमा कार्यरत स्टाफ नर्स भएको खुलेको हो।

सुनसरीको रामधुनी नगरपालिका झुम्काकी उनको सल्लाघारीमा कोठा थियो। तर उनी थिमीस्थित स्टाफ नर्स साथीको डेरामा सँगै बस्दै आएकी थिइन। गत वैशाख २५ गते उनी मोटरसाइकलबाट भक्तपुर आएकी हुन। उनलाई मंगलबारै राति टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ।

उनकी रुम पार्टनर भक्तपुरकै मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत एकजना स्टाफ नर्स नै रहेको खुलेको छ। आरोग्यकी स्टाफ नर्समा कोरोना देखिएपछि मानव अंग प्रत्यारोपण केन्द्रका सबै चिकित्सक र स्वास्थ्यकर्मीको र्‍यापिड टेस्ट गरिने भएको छ। अर्का सुरक्षाकर्मी त्यसैगरी भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष सुरक्षाकर्मी हुन। उनी सशस्त्र प्रहरी बल नीलबाराही गण दुवाकोटमा कार्यरत थिए। उनी पूर्वगृहमन्त्री भीम रावलको घरको सुरक्षामा खटिएको खुलेको छ।

रामेछापका उनी दुवाकोटमा बस्दै आएका थिए। उनलाई पनि टेकु अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको छ। उनको कोठा दुवाकोटको एकान्तस्थानमा छ। उनको परिवारको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ। अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने तयारी भइरहेको छ।

भक्तपुरमा कोरोना संक्रमण देखिएपछि सर्वसाधारणलाई सचेत बनाउन प्रहरीले माइकिङ थालेको छ। प्रहरीले अनावश्यक भीड नगर्न, अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय