उनीहरुमा सँक्रमण हुन सक्ने भन्दै रेडजोनमा राखिएको बताईएको छ ।

फाईल तस्विर

जनकपुरधाम । जनकपुरका एक पुरुष सहित अन्य एक महिलामा आज कोरोना पुष्टि भएको छ । यसैसँगै कोरोनाको कुल सँक्रमित सँख्या ४७ पुगेको छ ।
स्वाब सँकलन र पिसिआर टेस्टको क्रममा जनकपुर अञ्चलको सर्लाही जिल्लाका एक १४ बर्षिय पुरुष सहित एक ५५ बर्षिय महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
नियमित मिडिया ब्रिफिँगको क्रममा डा. देवकोटाले उदयपुर र जनकपुरबाट गरिएको स्वाब सँकलनपछिको टेस्टको क्रममा आज (विहिबार) दुई जनामा कोरोना सँक्रमणको पुष्टि भएको बताएका छन् ।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई दिन अगाडि सर्लाहीका क्वारेन्टाइनमा रहेका ६५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्टबाट एन्टिबडी परीक्षण भएको थियो। परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना जनकपुर ल्याइएको थियो।
सर्लाहीको दक्षिण क्षेत्रमा पर्ने धनकौल गाउँपालिका ती किशोर क्वारेन्टाइनमा बस्दै आएका थिए। भारतबाट आएका उनलाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेका थिए।
आरडीटीबाट एन्टिबडी परीक्षणमा पोजेटिभ नतिजा आएका ती किशोरमा नै कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झाले बताए।
पाटन अस्पतालमा उपचाररत दुई जना आज निको भएर घर फर्केको जनाउँदै २ जना थप पनि भएको हो । यसैगरी नेपालमा जम्मा ४७ जनामध्ये आजसम्म ९ जना निको भएर घर फर्केका हुन् ।
यसैगरी, नेपालमा अहिलेसम्मको तथ्याँक अनुसार जम्मा २ सय ७८ जना रेडजोनमा रहेको बताइएको छ । उनीहरुमा सँक्रमण हुन सक्ने भन्दै रेडजोनमा राखिएको बताईएको छ ।
उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका – ३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।
नेपालमा आजसम्म जम्मा ९ हजार १ ९९ जनामा परीक्षण गरिएकोमा ४७ जना पुष्टि सहित ९ जना निको भएको तथ्याँक सार्वजनिक गरिएको छ । अहिले सँक्रमितको सँख्या भने ३८ जना रहेको छ।
सभार न्युज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय