जनकपुरधाम, वैशाख ९ गते । करेन्ट लागेर मृत्यु भएका मजदूरको शव गाडिएको अवस्थामा धनुषा प्रहरीले फेला पारेको छ ।

धनुषाको विदेह नगरपालिका ३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा चुँडिएको विजुलीको तार जोड्ने क्रममा ४० वर्षीय भारतीय नागरिक सुक्ता नदाफको मृत्यु भएको थियो ।

नदाफको मृत्यु भएपछि इँटा भट्ठाका सञ्चालक अनिफ नदाफ र अजिम मंसुरीले उनको शवलाई प्रहरीलाई कुनै जानकारी नै नगराई भट्ठामै गाडेको घटनालाई अनुसन्धान गर्दै जाँदा शव फेला पारिएको कुरा धनुषा प्रहरीले जनाएको छ ।

धनुषका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले घटनाको सम्बन्धमा प्रहरीले जानकारी पाएपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएका छन् भने इँटाभट्टाका सञ्चालकद्वय नदाफ र मंसुरीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाइएको जनाएका छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय