संमेत तस्बिर

जनकपुरधाम । लकडाउनले जनजिवन कष्टकर हुंदै गएको अवस्थामा धनुषाको शहिदनगर नगरपालिका वडा नं ९ विर्ता टोल निवासी ५५ वर्षिय सौखी मुसहरलाई ३० वर्षिय छोरा नथुनी मुसहरले खन्ती प्रहार गरी हत्या गरेको हो ।

धनुषामा छोराले खन्ती प्रहार गरी वुवाको हत्या गरेको छ ।

छोरा नथुनीले बालबच्चाका लागि दुध किन्न वुवा संग पैसा मागेका थिए । तर वुवाले पैसा दिन ईनकार गरेपछी हातमा रहेको खन्ती (फलामको डण्डी) प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको चोराकोयलपुर प्रहरी चौकीले जनाएको छ । खन्ती प्रहारवाट टाउको फुटेको छ ।

घटना लगत्तै नथुनी फरार भएका छन । घटना स्थलमा प्रहरी पुगेको छ । नथुनीको खोजी कार्य जारी रहेको प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय