हाम्रो जनकपुर डेस्क

जनकपुरधाम, । प्रदेश नम्बर २ प्रादेशिक अस्पताल जनकपुरको लापरवाही कारण एक नवजात शिशुको ज्यान गएको आरोप लगाइएको छ ।

पटक पटक प्रसव पिडा भएपनि अस्पतालमा खटिएका नर्सहरुले गरेको लापरवाहीका कारण समयमा शल्यक्रिया नहुँदा जन्मकेको दुई दिन नबित्दै बच्चाको मृत्यु भएको पिडीत पक्षले आरोप लगाएका छन ।

नगराई नगरपालिका ६ लगमा निवासी दिनेश कुमार झाकी छोरी नारायणी झाको चैत १९ गते बिहान जन्मेको बच्चाको २१ गते राति १० बजे बच्चाको ज्यान गएको हो ।

पिडीत महिलाका बुवा झाले पत्रकार सम्मेलन गरी घटना बारे जानकारी दिदैं भने आफ्नी छोरीलाई १८ गते प्रसव पीडा भएपछि प्रादेशिक अस्पताल जनकपुरमा ल्याए । तर नर्सहरुले बच्चा जन्मिने समय अहिले नभएको भनी कहिले १२ दिनको त कहिले राति एक बजे ल्याउनुस भनेर प्रसुति महिलाको बिना चेकजाँच गरेर फर्काए ।

तीन पटकसम्म अस्पतालबाट फर्काइदियो, अस्पतालमै बस्न आग्रह गर्दा नर्सहरुले त्यहाँ बस्न पनि नदिएपछि जनकपुरकै रहेको डेरामा लग्यो बिहान ४ प्रसुति महिलालाई खूनपानी खस्न थालेपछि फेरी अस्पताल लगे । ति नर्सहरुले नर्मल हुन्छ भनी फर्काउने गरेको थियो, अन्ततः नर्मलको अवस्था छैन भने अपरेशन गरेर गर्नु पटक पटक दबाव दिएपछि अपरेशन कक्षमा लगेर पिडीत महिलालई बसाई दियो ।

केही बेरसम्म बाटो हेरे केही प्रतिक्रिया नआएपछि अस्पतालको कर्मचारी संग सोध्दा अपरेशन गर्ने डाक्टर नरहेको कारण ढिलाई भइरहेको भन्यो पछि ती कर्मचारीहरुले फोन गरेर चिकित्सक जियाउल हकलाई बोलायो ।

झाले अगाडि भने चिकित्सक झा नआएसम्म नर्सलाई समस्या के छ भनी सोध्दा बच्चाले दिशा खाएको छ भन्यो, अपरेशन पश्चात ती चिकित्सकसँग सोध्दा उनले पनि बच्चाले दिशा खाएको थियो तर सफा गरिदिएको जवाफ दियो ।

जन्मेको ३० घण्टापछि बच्चाको स्वास्थ्य खराब भयो, आमाको दूध खान छाडयो र कोंखामा दर्द शुरु भएपछि उपचार गराउन खोज्दा नर्सहरुले भन्यो कोरोना भाइरसको त्रासले चिकित्सकहरु आउने गरेको छैन बाहिर लग्नुस । बच्चाको स्वास्थ्य अत्यधिक खराब हुँदै गएपछि श्रीरामजानकी हस्पीटलमा डाक्टर छ भनी सोधेर त्यहाँ लगे तर त्यहाँ जाँदा पनि कुनै चिकित्सक थिएन ।

नर्सहरुले चेकजाँच गर्दै भने बच्चालाई एनआईसीयूमा राख्नुपर्छ । त्यहाँपनि अवस्था सुधार हुन नसक्ने अवस्था देखेपछि धरान लगे ।

पिडीत झाले दुखेसो पोख्दै भने धरान जाँदा चिकित्सकले भन्यो बच्चाको मुटुमा समस्या छ तर यहाँ उपचार सम्भव छैन काठमाडौ लग्न सुझाव दिए । काठमाडौं पाटन स्थित कान्तिपुर बाल अस्पताल पुग्न १५ मिनेट अगावै २१ गते राति १० बजे बच्चाको मृत्यु हुन गयो ।

उनले प्रादेशिक अस्पतालका नर्सले हेलचक्रयाई नगरेको कारण समयमा बच्चाको जन्म हुन नसकेको कारण दिशा खाँदा ज्यान गएको आरोप लगाएका छन । पिडीतले बच्चा जन्मिनु अघि तीन/तीन पटक भिडियो एक्सरे गराउँदा बच्चाको मुटुमा समस्या देखिएन तर जन्मेपछि समस्या आउने भनेको नर्स गरेको लापरवाहीका कारण दुर्घटना हुन गएको आरोप लगाएका छन ।

पिडीत झाले घटनाको छानबीन गरी दोषीमाथि कारवाही र अस्पताललाई लापरवाही स्थल नभई सेवाग्राहीको सेवा दिन खाले व्यवस्थित बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय