मौसम झा

जनकपुरधाम / धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाल रक्तदान समाजको धनुषा जिल्ला अध्यक्ष शिवकुमार साहले विपन्न परिवालाई राहत वितरण कार्य शुरु गरेको छ ।

गरीव, असहाय, दलित लगायतका परिवालाई नेपाल रक्तदान समाजको धनुषा जिल्ला अध्यक्ष शिवकुमार साह,क्षिरेश्वरनाथ नगरपालिका वडा नं-५का वडाअध्यक्ष जिबछ मण्डल, समाज सेवी तथा युवा नेता श्याम कुमार राउत, बिरेन्द्र मण्डल,जानु देवी साह द्धारा वडा नम्बर ५ देखि खाद्यान सामग्री राहत स्वरुप उपलब्ध गराएको छ ।

कोभिड १९ को संक्रमण नियन्त्रण गर्ने उदेश्यले नेपाल सरकार द्धारा देश व्यापी रुपमा लकडाउन घोषणा गरे पछि गरिव मजदुर विपन्न परिवालाई दैनिक जीवनयापन कठिन भएकोले खाद्यान्न सामग्री वितरण गर्न शुरु गरेको हो ।

लकडाउन र निषेधाज्ञाको कारण काम काज, पसल, व्यापार निमार्ण कार्य पूर्ण रुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवालाई छाक टार्न धौधौ परिरहेको बेला नेपाल रक्तदान समाजको धनुषा जिल्ला अध्यक्ष शिवकुमार साह द्धारा राहत वितरण शुरु गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ५ को अरजनमा टोल, दूधमती टोल, खानेपानी टोल, डारा टोल, मंगलपुर, गिरि टोल, पेपर मिल रोड आठ वटै टोलमा करिब ४५ घरपरिवारलाई राहत वितरण गरिएको नेपाल रक्तदान समाजको धनुषा जिल्ला अध्यक्ष शिवकुमार साहले जनाए । शुक्रबार देखि सुरु गरिएको राहत सामग्रीमा चामल ५ केजी, आलु आधि केजी, रहर दाल एकपाउ , सुवाबिन एकपाउ, नुन १ पेकेट लगातका खाद्यन्न सामग्री वितरण गरिएको शिवकुमार साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय