जनकपुरधाम । लकडाउनको समयमा मौका छोपी आलु, प्याज र माछा कालोबजारी गर्ने २ जना लाई प्रहरीले पक्राउ गरेको छ।

लकडाउनको मौका छोपी कालोबजारीमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनुषा प्रहरीका अनुसार लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा महगोमा माछा बेचिरहेका भारत विहार जिल्ला मधुवन्नी बस्ने बर्ष ३१ का संजिव सहनी र महगोमा आलु प्याज बेच्ने कार्यमा संलग्न रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ कपिलेश्वर वर्ष ३२ का सरोज कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहनीले माछा प्रति किलो पाँचस तथा साहले आलु ५५ र प्याज ६० मा बिक्री गरिरहेको आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय