१३ जना अपहरणकारी प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, फागुन २९ : धनुषाकी अपहरणमा परेकी एक १४ वर्षिय युवतीलाई प्रहरीले उद्दार गरेको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ चिसापानीकी १४ वर्षिय एक युवती बुधवार बेलुकी अपरहणमा परेको खवर पाउना साथ धनुषा, सिरहा र उदयपुरवाट खटेको नेपाल र शस्त्रप्रहरीको सवै टोलीको अपरेशनले युवतीलाई विहिवार विहान उद्दार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न आठजना केटा र पाँचजना केटी गरि अहिले सम्म १३ जनालाई पक्राउ गरिसकिएको समेत शस्त्र प्रहरी वल प्रादेशिक गण बर्दिवास स्रोतले जनाएको छ । युवती सोहि वडाको गैरी टोलवाट अपरहणमा परेको र विप्लव समुहले अपहरण गरेको शंकाको आधारमा तत्कालै धनुषाको सवै टोली परिचालन गर्दा कटारी एरियामा उनीहरु रहेको आशंकामा आज विहान सिरहाको मिर्चैया र उदयपुरको थप टोली परिचालन गर्दा कटारी वडा नं. १ खसीवास इलाकावाट युुवती उद्दार गरिएको र अपहरणकारी १३ जनालाई नियन्त्रणमा लिइएको हो ।

शस्त्र प्रहरी वल र्मिचैयावाट प्रहरी नायक उपरिक्षक नेतृत्वको टोली सहितको सुरक्षाकर्मीहरुको टिम अहिले समेत त्यस क्षेत्रमा सर्च अपरेशन जारी राखेको र अपहरणकारीहरु खसिवासमै सुरक्षाकर्मीको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ । अपहरणकारीको साथवाट तिनथान पेस्तोल, तिनराउड गोली, १ थान कुकर बम र ८ थान सकेट बम समेत बरामद गरिएको छ ।

अपहरणमुक्त युवती र पक्राउ परेका अपहरणकारीको विवरण ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय