धनुषा

उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीको कटानबाट बाचउन महतोको मुख्य भुमिका

By हाम्रो जनकपुर डेस्क

July 09, 2022

ρगणेश कुशवाहा । बटेश्वर गाउँपालिका वडा नं. ३ पूर्वमा पर्ने सुकजोर खोलामा निरन्तर आई रहेको बाढीले गरेका कटानको कारण उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीले कटान गरेका छन् । गाउँपालिका बाट कुनै किसिमको उब्जाउ हुने खेति योग्य जमिनहरु बाढीको कटानबाट बाचउन सहयोग नआएका गाउँबासीहरुको आरोप छन् ।

त्यस पछि भू तथा जलाधार व्यवस्थापन कार्यालय, सिरहा लहानको सहयोग र बटेश्वर गाउँपालिका का समाज सेवि युवा नेता एंम वडा नं. ३ को लोसपा पार्टीका वडाध्यक्ष पदका प्रत्याशी राजदेव महतो को सक्रिय सहभागिता एंम हनुमान युवा क्लब सहयोग र वडा नम्बर ३ का युवा प्रवीण कु.महतो र विशेश्वर सिंह सहयोगमा सुकजोर खोला बाढीको कटान बाट बचाउन ७००मिटर बाध निर्माण गराई बाधको दुबै छेउमा ७५० ओटा बास बिरुवा रोपेका छन् ।

यता बटेश्वर गाउँपालिका पटकपटक भन्दा पनि कुनै किसिमको सहयोग नआए पछि युवा नेता महतो आफु जसरी पनि उब्जाउ हुने खेति योग्य जमिनहरु कटानबाट बाचउन जहाँ बाट भएपनि वडा नम्बर ३ बाढीको कटान बाट बचाउ बाध निर्माणमा मुख्य भिमुका रहेको महतोले बताए ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय, सिरहा लहन र बटेश्वर गाउँपालिका वडा न.३ का समाज सेवि युवा नेता राजदेव महतो सहयोगमा खेलमैदान निर्माण ,पोखरी निर्माण गरेका छन् । पोखरी वरिपरि बोट बिरुवा रोपि शिबमन्दिर निर्माण गर्ने समेत योजना रहेको महतोले बताए ।

सुकजोर खोलाको छेउमै पोखरी र खेलमैदान निर्माण हुँदा गाउँबासीहरु खुशी व्यक्त गरेका छन् ।