बारा फागुन १४ गते ।
बाराकाे फेटा गाउँपालिकाका प्रमुख प्रशासकिय अधकृत प्राण मेहताले विद्यालयहरुकाे छड्के अनुगमन गर्नु भएकाे छ ।

प्रशासकिय अधिकृत मेहताले साेमबार ४ वटा विद्यालय र एक स्वास्थ्य चाैकीकाे अनुगमन गर्नु भएकाे हाे । अधिकृत मेहताले वडा नं. १ अन्तर्गतका श्री नेरा प्रावि त्रिवेणी, श्री नेरा आधारभुत विद्यालय भरवलिया, श्री नेरा प्रावि भलुवही र वडा नं. २ अन्तर्गतका श्री नेरा आधाभुत विद्यालय जगतपुर र वडा नं. १ कै स्वास्थ्य चाैकी भलुवही भरवलियाकाे अनुगमन गरेका हुन् ।

अनुगमनकाे क्रममा विद्यालयहरुमा शिक्षक अनुपस्थित र भाैतिक संरचनाकाे समस्या देखिएकाे अधिकृत मेहताले वताउनु भयाे । विद्यालयहरुमा अनुपस्थित हुने शिक्षकलाई कारवाही गरिने र भाैतिक समस्याकाे समाधान गर्ने वताउनु भयाे ।

अनुगमनकाे कार्य निरन्तर चल्ने र सबैकाे वडा अन्तर्गत विद्यालय र स्वास्थ्य चाैकीहरुकाे अनुगमन गरिने मेहताले जानकारी गराउनु भयाे ।

छडके अनुगमनमा अधिकृत मेहता संगै वडाध्यक्ष जय प्रकाश दास, गाउँ कार्यपालिका सदस्य विरागमण प्रसाद, रामसुनर ठाकुर, सम्बन्धित विद्यालय व्यवस्थापन समिति सदस्य लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय