धनुषा प्रहरीको अग्रसरतामा फागुन १४ गते हुन लागेको २ बालिकाको वालविवाह रोकिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालवालिका कार्यालयमा आएको गोप्य सुचनाको आधारमा क्षिरेश्वरनाथ नपा ५ मा हुन लागेको फेकन महतोको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय छोरीको विवाह रोकिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली महतोको घरमा पुगेर विवाह गर्ने उमेर नपुगेको भन्दै बालविवाह नगर्न अभिभावक र छिमेकीलाई सम्झाएपछि बालविवाह नगराउने अभिभावकले प्रतिवद्र्धता जाहेर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।
यता, नगराइन नपा ७ स्थित नवल कापरको १७ वर्षीय छोरीको फागुन १४ गते नै हुन लागेको वालविवाह रोकिएको छ । प्रहरी चौकी डेवडिहाका सइ ज्ञानेन्द्र ढकाल नेतृत्वको प्रहरीको टोलीले अभिभावक, नगराइन नपा ७ का वडा अध्यक्ष रामदुलार मुखियालगायतको स्थानियहरुको रहोवरमा हुन लागेको वालविवाह रोकिएको जनाएको छ ।
यसअघि पनि प्रहरीले पाएको सुचनाको आधारमा वालविवाह रोकाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय