जनकपुरधाम, फागुन १४ गते ।
धनुषामा लागुऔषध कारोबारमा संलग्न रहेका तीन युवालाई प्रहरीले पक्राउ गरेका छन् । धनुषाको विदेह नगरपालिका-१ मैनाथपुरबाट लागुऔषध नाइट्रोभेट ३ सय एम्पुलसहित सुजितकुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

यादव धनुषाकै शहिदनगर नगरपालिका-४ निवासी हन् । प्रहरी चौकी ठाडिझिँझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका यादवलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध फेला परेपछि पक्राउ प्रहरीले जनाएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका-६ बाट लागुऔषध स्पासमो १ सय ४० एम्पुल, नाइट्राभेट ३ सय एम्पुल र कफ सिरफ २० बोतलसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका-९ का २८ वर्षीय सरोज लामा र सोही ठाउँ बस्ने २४ वर्षीय विमल लामा रहेका छन् ।

प्रहरी चौकी पर्सा सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१३ प २१०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो। त्यसपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय