अन्तर्वार्ता

कोरोना भाइरसको संक्रमण सम्वन्धी नेपाली राजदुतावास सियोलको अत्यन्त जरुरी सुचना

By हाम्रो जनकपुर डेस्क

February 23, 2020

दक्षिण कोरियामा केही समय अघि सिमित संख्यामा देखिएको कोरोना भाइरस अहिले तिब्र गतिमा फैलिरहेको छ। हिजो मात्र एकै दिन नँया सक्रमितको संख्या ह्वात्तै बढी अहिले ४०० को हाराहारी नाघिसकेको छ।कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यसको संक्रमणबाट बच्न तथा साबधानी हुन कोरिया स्थित नेपाली दुतावासले आफ्नो वेवसाइटमा प्रशस्तै सुचनाहरु राखेको छ।प्रकाशित सुचनामा भनिएको छ :कोही कसैलाई कोरोना भाइरसको संका लागेमा, अबैधानिक रुपमा कोरियामा रहेका बिदेशीहरु समेतले सार्वजनिक स्वास्थ्य सस्थामा गई चेक जाँच तथा उपचार गराउन र सो को क्रममा पक्राउ नगरिने तथा स्वदेश नफर्काउने साथै बिरामीको कानुनी हैसियतबारे नसोध्न पनि कोरियाको अध्यागमन निकायले अस्पतालहरुलाई निर्देशन दिएको दुतावासको सुचनामा जनाएको छ।हाल सबै भन्दा धेरै संश्यामा रहेको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली बिध्यार्थीहरु, अन्य पेशा र श्रम गरी वसेका नेपालीहरुलाई विसेश सावधानी अपनाउन राजदुतावासले अनुरोध गरेको छ ।कोरोना भाइरसको कारण अहिले सम्म मृत्यु हुनेको संख्या ४ पुगेको छ।दुतावासको प्रकाशित सुचना :