जनकपुरधाम । धनुषामा स्कारपियो ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजको विश्वकर्माचोकमा स्कोरपियोले ठक्कर दिँदा सोही ठाउँ बस्ने एक जनाको मृत्यु भएको हो ।

जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत तीव्र गतिमा जनकपुरतर्फ आउँदै गरेको बा १४ च ९९७४ नम्बरको स्कोरपियोले साईकलमा सवार शुभ नरायण यादवका मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्तपाल ल्याउँदा चिकित्सकले यादवलाई मृत घोषित गरेको धनुषाका डिएसपी मकेन्द्र मिश्रले बताए ।

उनका अनुसार, यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ ।

स्कोरपियो चालक महोत्तरीको लोहारपट्टि नगरपालिका– ५ बस्ने शाहिद कवारीलाई प्रहरीले नियन्त्रण्मा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय