जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकामा फेरि तालाबन्दी गरेको छ । विभिन्न समयमा तालाबन्दी हुँदै आएको सो नगरपालिकामा बुधबार पनि पुनः तालाबन्दी गरिएको हो ।

धनुषाकाे सबैला नगरपालिकाका १३ वटै वडाका वडाध्यक्ष, उपमेयर र कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा तालाबन्दी गरेका बताए ।

सबैला नगरपालिकाका वडा नम्बर १ देखि वडा नम्बर १३ सम्मका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा हस्ताक्षर गरी नगरपालिकामा तालाबन्दी गर्ने निर्णय अनुरुप तालाबन्दी गरेको हो ।

सबैला नगरपालिकाको प्रशासनीक र दैनिक काम कार्य भने सुचारु नै रहनेछ भने बाँकीका कार्यहरुमा अवरोध गरिने जनाएको छ ।

नगर प्रमुख विजय शँकर प्रसाद साहले कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुलाई आफनै मनमानी ढंगले एकलौटी रुपमा कार्य सँचालन गर्न खोजेको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को नगर सभा गरेपनि अहिलेसम्म योजना बुक उपलब्ध नगराएको भन्दै योजनाहरु विनियोजन भएपनि योजना सँचालन गर्न कार्यदेश नदिएको , शिक्षा समितिमा एकलौटी गरेको भन्दै तालाबन्दी गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय