कंचनवन राम खेलै होरी…..
किनका के हात कनक पिचकारी ,किनका हात अविर झोरी
कचनवन राम खेलै होरी………
होली आउन केही समयमा बांकी रहेको मिथिलाञ्चलमा भने शनिबार एका विहान देखि कंचनवन होलीको रंग अविर र गितले श्रद्धालुहरुलाई मुग्ध बनाएको छ । जनकपुरको चारै तिर धार्मिक आस्थाले परिपुर्ण परिक्रममा कंचनवनमा पुग्दा रहेक श्रद्धालुहरु रंग अविरले रंगिएका थिए । होली पर्व रति राग्यको पर्वको रुपमा लिने गरिएको छ। प्रायः जसो साधु सन्तहरु रति राग्यबाट टाढा बस्ने गरेकोले पनि होली उनिहरु मनाउदैन ।तर कंचनवनमा भने साधु र गृहस्थहरु समेत एकै थलोमा होली मनाउने गर्छन । भनिन्छ त्रेता युगमा भगवान राम यसै स्थानमा होली खेलेका कारण कंचनवनमा होलीको रौनकता देखिएको थियो । मिथिलामा कंचनवनमा परिक्रमावासीहरु होली खेलेपनि औपचारिक रुपमा होली महोत्सवको सुरुवात हुन्छ ।
तोरेसंग जेवौ हे किसोरी जी,खेलव रंग अविर……………..

मिथिलाको मध्यमा परिक्रममा एका विहान महोत्तरीको कंचनवन पुग्दा श्रद्धालुहरु यिनै होली गितमा रमेका थिए। परिक्रमामा सहभागि रहेका श्रद्धालुहरुको सबैको गाला रंग अविरले रंगिएको थियो । यसो त साधुहरु विक्त जिवन जिउने गरेको कारणले गर्दा मधुर्य पर्वको रुपमा रहेको होली कमै खेल्ने गरेको पाइन्छ तर कंचनवनमा भने विभिन्न दृश्य देखिएको थियो । कंचनवनमा श्रद्धालुहरु रंग अविरको आनन्द लिएका थिए ।

त्रेता युगमा भगवान राम सिताले कंचनवनमा नै आफनो सालीहरुसंग होली खेलेका कारणले यस स्थानमा साधु सन्तहरु परिक्रमा आउने गरेपछि होली खेल्ने गरेका छन । जसको आनन्द आफनै हुने गरिएको छ। परिक्रममा हजारौका संख्यामा साधु सन्तहरुको सहभागिता हुने गरिएको छ।
फागुन चतुर्दशी देखि सुरु भएको उक्त धार्मिक यात्रा फागु पूर्णिमाको पूर्वसन्ध्यामा जनकपुर फर्किने छ । फागु पूर्णिमाको बिहान जनकपुरको अन्तस्गृह परिक्रमा गरी १५ दिने मध्यमा परिक्रमा सम्पन्न हुनेछ । जनकपुर क्षेत्रमा अन्तस्गृह परिक्रमा सकेपछि मात्र फागु पर्व मनाउने चलन छ ।शनिवार परिक्रममा महोत्तरीको कंचनवन पुगेको हो ।

१५ दिनसम्म चल्ने उक्त धार्मिक यात्रा यस भेगकै सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो । परिक्रमावासीहरु नेपालका १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमीटर पैदल यात्रा गर्छन् । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापित चार शिवालयहरु क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको किसोरी मन्दिरका महन्थ नवलकिसोर शरणले बताए ।यात्रामा देश विदेशका साधु सन्त तथा गृहस्थहरुको उल्लेख्य सहभागिता छ । परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुलाचौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन् । उनीहरुको सुविधाको लागि गाउँलेहरुले अन्न, दाउरा तथा परिक्रमामा सहभागी गाई, गोरु, घोडा आदिका लागि प्वालको जोहो गर्छन् । सहभागिहरु दिनभरि यात्रा गर्छन् र भजनकीर्तन तथा सत्संग गरेर रात बिताउँछन् । संभवतः धार्मिक आस्थाले भरिएको यति लामो पैदल परिक्रमा विश्वको सबैभन्दा ठूलो परिक्रमा हो, जहाँ ३ देखि ५ लाख मानिस १५ दिनसम्म डोला संगसंगै घुम्ने गर्दछ ।

नेपाली भूभागको ९० किलोमीटर तथा छिमेकी मुलुक भारतीय भूभागको ३० किलोमीटर गरी १ सय २० किलोमिटर दूरीको परिक्रमा श्रद्धालुभक्तजनले गर्ने परापूर्व परम्परा रहँदैआएको छ । मिथिलाको होलीमा आफनो मौलिक विशिष्ठ पक्षहरु रहेको छ। त्यसमापनि मिथिलावासी आफनो ज्वाईलाई होलीको दिनमा आफनो घरमा आमन्त्रण गर्ने गरेका छन् । त्यसैले होला जनकपुरको रहेक मठ मन्दिरमा होलीको एउटा विशिष्ठ मौलिकताको गितको साथ उत्सव मनाउने गरिएको छ । आखिर त्रेताको कुरा किन नहोस अहिलेपनि मिथिलावासीको हृदयमा राम ज्वाई जस्तै विराजमान हुन । होली मिथिला प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्काेसित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घर–परिवार, साथीभाइ आपसमा रङमा रङ्गीएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । पौराणिक मान्यता अनुसार विधाताले सुष्टिको रचना गरेको त्यस समयको वातावरण निकै रमणीय र मोहन थियो । त्यसलाई नाकाकरण गरियो ‘वसन्त’ । त्यति बेला देखि नै मनाउन थालियो ‘वसन्त उत्सव’ जसलाई होली पनि भनिन्छ । धार्मिक मान्यता जे होस तर यस पर्वले हाम्रो जस्तो रुढिवादी समाज एक दिनको लागि मात्रै किन नहोस साम्यवादी र समाजवादी व्यवस्थालाई कायम गरेको छ । त्यसैले मैथिली समाजमा भन्ने गरिन्छ जे जेवै से खेलथी फागु । पौराणिक साहित्यहरुमा होली वा वसन्त उत्सवको नामले चर्चा गरिएको पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय