प्रदेश नम्बर २ को सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकामा जारी मुस्लिमहरुको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुईजनाको ज्यान गएको छ ।

शनिबार बेलुका कार्यक्रमस्थलमा भीडका कारण निस्सासिएर बेहोस भएका १ जना भारतीय नागरिक र सम्मेलनबाट बिरामी भएर घर फर्कंदै गरेका १ नेपाली नागरिकको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

मृत्युु भएका नेपाली नागरिकको पहिचान हुन नसकेपनि भारतीय नागरिकको पहिचान भइसकेको छ । भारतको बिहार प्रान्तस्थित मोतिहारी जिल्लाका ७४ वर्षीय हारुन रसिदको मृत्यु भएको डिएसपी भारतीले जनाए ।

शनिबार देखि ३ दिनसम्म चल्ने सम्मेलनमा २ लाखभन्दा बढी नेपाल र भारतका मुस्लिम मौलवी, मौलाना लगायतकाहरुको सहभागिता रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय