बारा । बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडकखण्डको जंगलमा देह व्यापार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो ।

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय देह व्यापार गर्नेको सख्या समेत बढ्न थालेको छ । वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रति दिन देह व्यापार गर्नेको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सवारी चालक र स्थानीयहरू हुने गरेका छन् ।

यौन व्यवसायी महिलाहरूसँग यौन व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक बाध्यता । यद्यपी उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ईच्छा आदीका कारण पनि सानै उमेर देखि यौन व्यवसायमा लागेको पाईएको छ ।

दैनिक के खाउँ र के लाउँ भन्ने पिडामा रुमल्लिएका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा किनेर दिने आशमा बाध्य भएर जिबिको पार्जनको लागी देह व्यापार गर्ने गरेको उनीहरू बताउँछन् ।

सडकको बिभिन्न ठाउँहरुमा नैं बसेर खुलेयाम ग्राहकहरुसँग बार्गेनिङ गरिरहेका देह व्यापारीहरुको संख्या पछिल्लो समयमा बढ्दै गईरहेको छ । खुल्लम–खुल्ला देह–व्यापार र अनैतिक कार्य हुने गरे पछि अहिले बारा जिल्ला देह व्यापारको लागि चर्चामा रहेको छ ।

प्राय: महिलाहरु श्रीमानले छोडेको तथा दिनभर ज्याला मजदुरी गर्दा समेत उचित पारिश्रमिक नपाएको र घरको आर्थिक अवस्था समेत कमजोर भएकै कारण प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको उनीहरुको भनाई रहेको छ ।

आर्थिक समस्याका कारण आफू यस क्षेत्रमा आउन बाध्य भएको र यही पेशाबाट घर परिवारको पेट पाल्ने गरेको उनीहरुको भनाई छ ।

बाराको बन क्षेत्रमा हुँदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वन भित्र लुक्ने गर्छन् ।

प्रहरीले पटक पटक सम्झाउने गरेको र पछिल्लो समयमा प्रहरीले गएर लखेटने गरेको भए पनि नियन्त्रण हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मित्रले जानकारी दिए ।

बारा प्रहरीले पटक पटक उनीहरुलाई सम्झाउने र अटेर गर्नेलाई लखेट्ने गरेको भएता पनि न्युनिकरण भने हुन सकेको छैन ।

पछिल्लो समय पुर्वपश्चिम लोकमार्गको निजगढदेखि अंम्लेखगंजको सडक खण्डलाई अघोषित रेड लाइट एरिया नैं भनेर चिनिने गरेको स्थानीयहरु बताउछन् ।खरीबोटमा श्याम गुप्ताले लेखिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय