प्रदेश २

शंकर भगवानकाे तस्बिर राखेर बिज्ञापन छापिएपछि,हिन्दुधर्मलम्बीहरुले यसरी बिराेध

By हाम्रो जनकपुर डेस्क

March 14, 2021

जनकपुरधाम । शंकर भगवानकाे तस्बिर राखेर बिज्ञापन छापिएको भन्दै कान्तिपुर पत्रिकालाई बिश्व हिन्दु महासंघले वीरगन्जमा जलाएर बिरोध प्रदर्शन गरेको छ ।

कान्तिपुर पत्रिकाले पैसाको लोभमा रक्सीको बिज्ञापन गर्ने क्रममा हिन्दु धर्म माथी प्रहार गरेको भन्दै बिश्व हिन्दु महासंघले पत्रिका जलाएको हो ।

कान्तिपुर पत्रिकाले हिन्दु धर्म माथी प्रहार भएको विरुद्धमा नेपाल बिश्व हिन्दु महासंघ लगायत अन्य हिन्दुबादी संघ संस्थाका प्रतिनिधिहरुद्वारा सामुहिक रुपमा कान्तिपुर पत्रिकालाइ जलाएर बिरोध गरि कडा कार्वाहीको माग गरेका छन् ।

पत्रिकामा शंकर भगवानको तस्बिर संगै रक्सीको बिज्ञापन हालिएको थियो जसको विरोधमा यस्तो कदम चालेको नेपाल बिश्व हिन्दु महासंघ बताएको छ ।