नागेन्द्र साह/गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

आज (शनिवार) साँझ करिब ५ः३० बजेको समयमा गौशाला नगरपालिका वडा नम्बर ९ विशहरपुर बाबा ईटा भट्टा नजिक डुमरबन्नाबाट विशहरपुर तर्फ आउँदै गरेको ज १२ प ४९१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई चालक जनकपुर उपमहानगरपालिका वडा नंम्बर – १२ वस्ने नन्दु मुखियाको छोरा वर्ष ३० को महेश मुखियाको टाउकोमा गम्भिर चोटपटक लागी घाईते भएको मुखियालाई उपचारको क्रममा गौशालामा रहेको पोलीक्लिनिक हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय