प्रदेश २

यौन दुव्यर्वहार प्रमाणित भएपछि जर्नेल कार्की र दुई महिला सैनिक बर्खास्त

By हाम्रो जनकपुर डेस्क

March 12, 2021

सिरहा । नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेका छन् ।

संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

कार्कीसँग यौन प्रकरणमा जोडिएका दुईजना महिला सैनिक अधिकृत पनि बर्खास्त भएका छन् ।

सैनिक अदालतले उनीहरूलाई पदीय मर्यादा र सैनिक अनुशासन तथा आचरणको गम्भीर उल्लंघन गरेको ठहरसहित गत शुक्रबार सेवाबाट बर्खास्त गरेको हो ।

सेनामा यौन मामिलाका कारण जागिर गुमाएका कार्की सबैभन्दा उच्च अधिकारी हुन् । जागिर गुमाएकी एकजना महिला अधिकृत सेनानी (मेजर) तहकी हुन् । अर्की महिलाबारे सेनाले केही बोलेको छैन ।

सैनिक स्रोतका अनुसार कार्की र महिला अधिकृतले आपसी सहमतिमा यौनसम्बन्ध राखेको स्वीकार गरेका छन् ।

सेनाले महिला अधिकृतको नाम र दर्जा गोप्य राखेको छ ।

‘अनुसन्धानका क्रममा उनीहरू दुवैजनाले आपसी सहमतिमा यौनसम्बन्ध राखेको भनेका छन्, यौनदुव्र्यवहार वा शोषण नदेखिएको हुनाले जेल सजाय भएन,’ सैनिक स्रोतले भन्यो, ‘यदि यौनशोषण वा दुव्र्यवहार भएको पुष्टि हुन्थ्यो भने सहायकरथी कार्कीमाथि जेल सजाय हुन्थ्यो ।’

बर्खास्तीमा परेका सहायकरथी कार्की र दुई महिला अधिकृत विवाहित हुन् ।फाइल तस्बिर