प्रदेश २

पत्रकार विकासको परिक्रमा वृत्तचित्रको प्रोमो सार्वजनिक !

By हाम्रो जनकपुर डेस्क

March 11, 2021

शम्भु पण्डित /जनकपुरधाम । पत्रकार विकास साहको निर्माणाधिन परिक्रमा वृत्तचित्रको प्रोमो सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बिच पत्रकार साहले निर्माण गरेको सो वृत्तचित्रको प्रोमो सार्वजनिक गरिएको हो ।

नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रपकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रोजेक्टरको स्वीच थिचेर सार्वजनिक गरेका थिए । सो प्रोमो युट्युवमा समेत सार्वजनिक गरिएको पत्रकार साहले जानकारी दिएका छन् ।

उनले लक्ष्य फिल्म्सको बैनरमा सो वृत्तचित्रको निर्माण गरेका हुन् । वृत्तचित्रमा १५ दिने मिथिला मध्यमा परिक्रमा सबै वासाहरु, त्यसका विशेषताका साथै मिथिला मध्यमा परिक्रमाको महत्व आदि समेटिएको छ । यो वृत्तचित्र चाँडै नै टेलि श्रृंखलाको रुपमा देखिने पत्रकार साहले बताए । यस अघि उनले आफ्नो लक्ष्य फिल्म्सकै बैनरमा मधुगंगे, गुम्की, गेरुका नामक वृत्तचित्र निर्माण गरि सकेका छन् ।