महेन्द्रनगर । धनुषा जिल्लाकाे मिथिला नगरपालिका २ जेडीपि फोरम स्थित श्री श्री १०८ श्री महाविर झण्डा मेला सुरु भएको छ । महावरि झण्डा मेलाको लागी बुधवार विहान झाखी, झरी सहित करिब ३ सयको संख्यामा निस्केको कलश यात्रा डिहबार मन्दिर ,दुर्गामन्दिर, हनुमान मन्दिर लगायत दूधमती पोखरीमा जल भरेको थियो ।

कलश यात्रा समापन पछि खडा पारिएको १०५ फिट झण्डा रहेको छ ।

धनुषा निर्वाचन क्षेत्र नं-४ (ख) बाट निर्वाचित प्रदेश सांसद शत्रुधन महतो, मिथिला नगरपालिका वार्ड नं-२ का वाडा अध्यक्ष बिहारी महतोले रिवन काटी विधिवत रुपमा सुरु गरेको भने झण्डा मेलाको वरिष्ठ सलाहकार बीरेन्द्र महतोले जनकारी दिएका छन ।

वरिष्ठ बीरेन्द्र महतोको अनुसार फाल्गुन २५ गते बाट सुरु भएको झण्डा मेला फाल्गुन २९ गते सम्म रहने बताएका छन । झण्डा मेलालाई आकर्षित बनाउनका लागी झरी, र नेपालका पहलमानहरु द्धारा दंगल लगायतका कार्यक्रम राखिएको छ ।

साथै धेरै दिन पछि उक्त स्थानमा सुरु भएको झण्डा मेला अवलोकन गरिदिन मेला कमीटीले अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय