सम्बन्धित संस्थाका जानकारीमूलक एवं स्वदेशी तथा मिथिला खाद्यवस्तुका कुल १०० भन्दा बढी ओटा स्टल रहने छन।
जनकपुरधाम
हाम्रो जनकपुर समाचारदता ।
जनकपुरधाममा हुने खाद्य मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। फाल्गुन १०,११ र १२ गते हुने खाद्य मेला तीन दिनको तयारी अन्तिम चरणमा पुगेकोे छ। खाद्य मेला आयोजकले आज शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धनुषाले उक्त मेला जनकपुरधाम -४ स्थित रहेकोे तिरहुतिया गाछी चौरमा हुने जनाएको छ।
उक्त मेलामा परम्परागत खाद्य पदार्थहरु एंव तिनका पौष्टिक महत्व बारे जानकारी र स्थानीय उत्पादनमा आधारित परिकार, शिक्षण, पोषण, स्वास्थ्य, सम्बन्धित संस्थाका जानकारीमूलक एवं स्वदेशी तथा मिथिला खाद्यवस्तुका कुल १०० भन्दा बढी ओटा स्टल रहने छन। खानेबानी सुधारको लागि मिथिला क्षेत्रमा पाइने विभिन्न स्थानमा पाइने र प्रचलनमा रहेका पोषिला खाद्यवस्तु र परिकारहरुको प्रचार–प्रसार गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
मेला विहान १० बजे देखि ६ बजे सम्म संचालन रहने छ। यसमा करिब १५ लाखसम्म खर्च हुने अनुमान गरिएको आयोजक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धनुषाले जनाएका छन।