काठमाडौँ, २ फागुन ।

प्रणय दिवसका दिन राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गर्दा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलले घाइते अवस्थामा उनलाई उद्दार गरिएको बताए । ‘घाइते अवस्थामा भेटेपछि उद्दार गरेर हस्पिटल लाने तयारी गरेका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा कसैले हानेको हो कि भनेर सोध्दा उनले आफैंले हानेको भनेका छन् ।’

जिल्लाका एक प्रहरी अधिकृतले भने रायले ती महिला प्रहरीलाई एकतर्फी प्रेम गरेको बताएका छन् । शुक्रबार राखेको प्रस्ताव अस्वीकार गर्दा केहीबेर विवाद समेत भएको उनले जनाए । त्यसपछि महिलासँग भएको राइफल खोसेर उनले आफैंलाई गोली हानेको ती अधिकृतले बताए ।

रायको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार जारी छ । ‘धन्न गोली कोखामा मात्र लागेछ । उनी अहिले खतरामुक्त छन्’, अस्पताल स्रोतले भन्यो ।copied paschimtoday

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय